Logo

चित्रबहादुरले सोधे-समानुपातिक प्रणालीबाट संसद्मा धनाढ्यले प्रवेश पाएपछि देशको हालत के हुन्छ ?



काठमाडाौं,१५ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको समानुपातिक निर्वाचन प्रणलीमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसले समानुपातिकको नाममा पैसा र पावर भएका हरुले संसद्मा प्रवेश पाएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

‘‘समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवालाहरु आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रुपले विचार गर्नुपर्छ । समानुपातिकमा पटक पटक शक्ति, सम्पत्ति भएकाहरु दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य रहन्न भन्ने हाम्रो पार्टीको ठहर छ ।’केसीले भने ।

उनले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्