Logo

पूर्व राजालाई चेतावनी दिँदै माधव नेपालले भने- गणतन्त्रमाथि प्रश्न उठाउने अधिकार तपाईंलाई छैन



काठमाडौं,१६ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि प्रश्न उठाउने अधिकार केही कसैलाई नभएको जिकिर गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै वंश शासनलाई अगाडी सारेर देशलाई अध्यारोमा धकेल्न प्रयास गर्नेहरुले यो व्यवस्थामाथि प्रश्न गर्ने नैतिक अधिकार गुमाएको दाबी गरेका छन् ।

‘अध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस । कुनै वंशको शासनलाई अगाडी सारेर देशलाई अध्यारोमा हाल्ने काम स्वीकार्य छैन’ उनले भने ‘राजनीतिमा विकल्प दिएर जनतामा आसा जगाउनुस । तर यो व्यवस्थामाथि प्रश्न गर्ने अधिकार तपाईंलाई छैन ’ । अध्यक्ष नेपालले भने ।

पूर्व प्रधानमन्त्रीसमेत भइसकेका नेपाल पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सकियताले झस्किएका छन् । केही दिनअघि पार्टीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पनि नेपालले पूर्व राजालाई चेतावनी दिँदै धेरै जोरी नखोज्न भनेका थिए । उनले हिम्मत भए आफूहरुसँग चुनावमा भिडेर देखाउन पटक पटक चूनौति दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्