Logo

जाजरकोटमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो



काठमाडौं, कार्तिक १८ । जाजरकोट गए राति गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी सयौंको सङ्ख्यामा मानिसहरू घाइते भएका विवरण प्राप्त भएका छन्।

उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको हो। भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्‍याएको छ।

भूकम्पका कारण घरहरू भत्किएका छन् । उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोलीसहित जिल्लाका सबै सुरक्षा अंगहरू परिचालन गरिएको छ ।

भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। भूकम्पका कारण जिल्लाको विद्युत सेवासमेत अवरुद्ध भएको छ। ठाउँठाउँमा सहड अवरुद्द रहेकाले घाइतेको उद्धार कठिन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्