काठमाडौं, १८ कात्तिक । नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा खटिएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धनको खर्च ब्यहोर्ने भएको छ ।
जाजरकोट केन्द्र विन्दु भएर हिजो राति गएको भूकम्पपछि उद्धारमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम निगमले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट ब्यहोर्न लागेको हो ।
भूकम्पबाट अहिलेसम्म एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने एक सय ६६ जना घाईते भएका छन् । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।