काठमाडौं, १८ कार्तिक । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरुको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट यति सहयोग राशिसहित सहयोगको घोषणा गरेका हुन् ।
भाटभटेनीले सहयोग रकमसँगै खाद्यान्नपनि सहयोग गर्ने जनाएको छ । सहयोग रकम भने सरकारी राहत कोषमार्फत् प्रदान गरिने गुरुङको भनाई छ ।