डोटी, कार्तिक १९ । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएको छन्। आइतबार बिहान शिखर नगरपालिका ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्युु भएको छ। मृत्युु हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी८ महिनाकी छोरी प्रार्थना रहेका छन्।
दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। जीप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ। अत्यधिक चिसो भएकाले जीपलाई निकाल्न नसकिरहेको प्रहरीले बताएको छ।