काठमाडौं, १९ कार्तिक । सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई २ लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्,‘आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएकोछ । भूकम्पममा घाइते भएकाको निःशुल्क उपचार गर्ने पनि निर्णय भएको छ ।’ file photo