काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री पुष्पकम दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको राहत र पूनर्निमाणको लागि ५० लाख दिने निर्णय गरेको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । यसअघि नेपाली कांग्रेसले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि ५० लाख दिने निर्णय गरिसकेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० लाख दिने निर्णय गरेको छ । file photo