काठमाडौं,२० कार्तिक । कोशी प्रदेश सभाको बैठकले शुक्रबार जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका हरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेश सभाको आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक पस्ताव पारित गरेको हो ।
प्रदेशसभाको आज बसेको बैठकले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको लागि सबै पक्षलाई आव्हान पनि गरेको छ ।
गत शुक्रवार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।