काठमाडौं,२० कार्तिक । जाजरकोटमा फेरि भूकम्प गएको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हो।
आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोहि स्थानमा शुक्रबार राती ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५३ जनाले ज्यान गुमाएका छन् । हजारौ घरवारवीहिन भएका छन् ।