Logo

एनएमबि बैंकले भूकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने



काठमाडौँ,२१ कार्तिक । एनएमबि बैंक लिमिटेडले गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो । सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने विश्वास लिएको बैकले जनाएको छ ।

गत शुक्रबार रामिडाँडा केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण हालसम्म १५३ जनाले ज्यान गुमाएका छन् । भने हजारौं नागरिक घरवारवीहिन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्