Logo

बाजुरामा भूकम्पको धक्का महसुस



काठमाडौं,२१ कार्तिक । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

१२ बजेर ५८ मिनेटमा बाजुराको राय आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्