काठमाडौैं, २१ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट र रुकुम पश्चिमको भूकम्पबाट घाईतेहरुले उपचार गराईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर विरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सो क्रममा उनले विरामीहरुलाई सबै उपचार सरकारले गर्ने भन्दै ढुक्क भएर उपचार सेवा लिन आग्रह गरेका हुन् । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँगै अस्पताल पुगेका उनले विरामीहरुको अवस्थाबारे एक/एक जना भेटेर ब्रिफिङ लिएका छन् ।
राष्ट्रपति यादव आजै सुर्खेत हुँदै जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका उनले उद्धार, राहत र पूननिर्माणमा कुनै कमी नगर्न सरकारलाई निर्देशन दिएका छन् । Photo Source: RSS