काठमाडौं,२२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्प प्रभावितका लागि आफ्नो एक महिनाको तलव उपलब्ध गराउने भएका छन् ।
भूकम्प प्रभावित जनताका लािग राहत र उद्धारका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलव उपलब्ध गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति पौडेलले भूकम्पकै कारण कार्तिक २२ गतेदेखि गर्ने भनिएको १० दिने युरोप भ्रमण स्थगन गरेका थिए । पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हुन् ।