Logo

सुन तोलामा एक हजार रूपैयाँ सस्तो



काठमाडौं, कार्तिक २३ । बिहीबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले सस्तिएको छ। बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो साता आइतबार स्थिर रहेर सोमबार पाँचसय र मंगलबार तोलामा चारसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

यस्तै आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला २० रूपैयाँले घटेको थियो।



प्रतिक्रिया दिनुहोस्