काठमाडौं,२३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।
बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा गत शुक्रबार जाजरकोटमा गएको भूकम्पमा पार्टीले गरेका कार्य, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःनिर्माणमा सरकारको जिम्मेवारीबारे समीक्षा तथा पार्टीको महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गरिने बताईएको छ ।
यसअघि रास्वपाले संयुक्त बैठक मधेश प्रदेशको बारा, सिराह र महोत्तरीमध्ये एक जिल्लाको ग्रामिण स्थानमा हुने भनिएको थियो । तर विनासकारी भूकम्पका कारण रास्वपाले उक्त बैठक स्थगित् गरेको थियो ।