Logo

गौतमबुद्ध क्रिकेट रंगशालासहित तीन रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने सरकारको निर्णय



काठमाडौं,२३ कार्तिक । सरकारले माथिल्लो मूलपानी, चितवनको गौतमवुद्ध र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गौरवका आयोजनाका लागि आर्थिक स्रोतको अभाव नहुने गरी कामहरू अगाडि बढाउने भएको छ । हालै नेपाल टी-२० विश्वकपका लागि छनोट भएको थियो भने यू-१९ टिम पनि विश्वकपमा छनोट भएको छ ।



प्रतिक्रिया दिनुहोस्