Logo

राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगे उपप्रधानमन्त्री खड्का



काठमाडौं,२३ कार्तिक । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्र जाजरकोटको कुशे गाउँपालिका पुगेका छन् ।

बिहीबार मन्त्री खड्का भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत सामग्री लिएर त्यहाँ पुगेका हुन् ।

भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत करिब एक हजार ६०० त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन् । उनले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण स्थगित गरिसकेका छन् ।

विगत केहि दिनदेखि सुर्खेतमा रहेर भूकम्प प्रभावितको सेवामा खटिरहेका खड्का भूकम्प प्रभावितहरुको उद्धार र राहत वितरण कार्यमा पनि सक्रिय भएर लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्