Logo

मुगु सामूहिक हत्यामा दुई जना आफन्तको संलग्नता



काठमाडौं, २४ कार्तिक। मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ १३ दिनपछि परेका व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गर्दै छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो ।

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एक जनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानका लागि आइतबार मात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो । कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सीपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्