Logo

जसपाको सुनवर्षी नगर समिति पुनर्गठन



काठमाडौं, २५ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुनवर्षी नगर समिति पुनर्गठन भएको छ । शुक्रबार आयोजित भेलाले प्रकाश यादवको अध्यक्षतामा १८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा जनकलाल साह, सचिव सुरेन कुमार गोढी र सहसचिवमा राजेशकुमार यादव रहेका छन् । उक्त भेलाले नगर समितिको इन्चार्ज सभानन्द यादव र कुमारलाल ठाकुरलाई सह इन्चार्जको जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेशका सह इन्चार्ज रामविलास यादव, राजनीतिक समिति सदस्य प्रेम नारायण थापालगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्