काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार विस्तार गर्ने सहमति जुटेको हो ।
उक्त बैठकमा कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका विषयमा सहमति जुटेको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष माओवादीको भागमा परेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व समाजवादीले पाउने सहमति बनेको छ ।
प्रदेश सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, समाजवादी र जसपाले १/१ वटा मन्त्रालय पाउने सहमति बनेको छ ।