Logo

महानगरले तोकेको चार स्थानमा स्वदेशी फूल र माला विक्री गर्दै व्यवसायीहरु (फोटोफिचर)



काठमाडौं,२६ कार्तिक । काठमाडौं महानगरपालिकाले तिहारका लागि नेपालमा उत्पादित फूल बिक्रीका लागि चार स्थानलाई निर्धारण गरेको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका अनुसार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्री ठाउँ तोकिएको हो ।

महानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा फूल बिक्रीका लागि ठाउँ तोकेको हो। नेपालमै उत्पादित फूल बिक्रीका लागि अवरोध नगरिने मेयर बालेनले बताएका छन्।

साथै महानगरले फूल बिक्रीका लागि आएका किसानहरूलाई महानगरको गाडीमा राखेर भृकुटीमण्डप लगेको छ।

तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोडसहित सहरका विभिन्न ठाउँमा थिए। उनीहरुलाई बिक्री स्थल थाहा नभएकोले सवारी साधनमा राखेर भृकुटीमण्डप लगिएको महानगरले जनाएको छ। सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका थिए। Photo by: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्