Logo

शिक्षा राज्यमन्त्री प्रमिला कुमारी मन्त्री अशोक राईको दमनमा, अझै भूमिकाविहीन !



काठमाडौं, २६ कार्तिक । शिक्षा मन्त्रालयको नेतृत्व यतिवेला जनता समाजवादी पार्टीले सम्हालेको छ । जसपाको तर्फबाट शीर्ष नेता अशोक राईले शिक्षा मन्त्रालय सम्हालेका छन् । सो मन्त्रालयमा राज्यमन्त्रीको भूमिकामा प्रमिला कुमारी छिन् । सुन्दा अचम्म लाग्ला, तर यी दुई मन्त्रीबीच राम्रोसँग बोलचाल पनि हुँदैन् ।

एउटै मन्त्रालयमा बसेका यी दुईबीच बोलचाल पनि नहुने अवस्था सिर्जना हुनु दुःखद् भएको जसपा पार्टी पँक्तिभित्र चर्चा चल्ने गरेको छ । खासगरी मन्त्री राईले राज्यमन्त्री प्रमिला कुमारीलाई कुनै जिम्मेवारी नै दिन चाहेका छैनन् । सामान्यभन्दा सामान्य निर्णय पनि आँफै लिन्छन् । अनि निर्णय भैसकेका कुरा पत्रपत्रिकाबाट थाहा पाउन प्रमिलालाई उर्दी जारी गर्छन् ।

राज्यमन्त्री प्रमिला आँफैले मिडियामा सार्वजनिक रुपमा आफूलाई मन्त्री राईले कुनै जिम्मेवारी दिन नचाहेको गुनासो पोखिसकेकी छिन् । आफूलाई मन्त्री हुँ भन्नपनि लाज लाग्न थालेको उनको प्रतिक्रिया रहने गरेको छ ।

राज्यमन्त्री प्रमिलाले केही पहिले पत्रकार ऋषि धमलासँग भनेकी थिईन्–‘मलाई अहिलेसम्म कुनैपनि निर्णय प्रक्रियामा सामेल गराईएको छैन् । मलाई राज्यमन्त्रीजस्तो व्यवहार पनि भएको छैन् ।’

आफूलाई जिम्मेवारीविहीन बनाएको रिपोर्टिङ अध्यक्ष उपेन्द्र यादवकहाँ पनि पुगेको छ । तर, अध्यक्ष यादवले पनि यसबारेमा कुनै चासो देखाएका छैनन् । शिक्षामन्त्री राईको एकल निर्णयमा चल्ने आदत छ । उनकै कारण शिक्षा विद्येयक ल्याईँदा लाखौं शिक्षकहरु सडकमा आउने वातावरण बन्यो । पछि सरकार शिक्षकहरुसँग घुँडा टेक्न बाध्य भएको थियो ।

शिक्षामन्त्री राईको ढिपीले शिक्षकमैत्री विद्येयक नआउँदा आफू नेतृत्वको सरकारको आलोचना भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई थियो । उनले आफूकहाँ विद्येयकको मस्यौदा आउँदा अर्के रहेको र विद्येयकको रुपमा आउँदा धेरै परिवर्तन भएको भनेर सार्वजनिक रुपमै बोलेका थिए ।

प्रधानमन्त्री दाहालपनि शिक्षामन्त्री राईको कार्यशैलीबाट असन्तुष्ट छन् । कतिपयले त शिक्षामन्त्री राईभन्दा राज्यमन्त्री प्रमिला कुमारी नै अब्बल र विषयवस्तुको राम्रो जानकार रहेको भनेर चित्रण गर्ने गरेका छन् । राज्यमन्त्रीको जिम्मेवारी सम्हालेको यत्तिका महिना बितिसक्दापनि उनले अझै भूमिकाविहीन महशुस गर्नु दुःखद् हो ।

मन्त्री राईले राज्यमन्त्री प्रमिलालाई कुनै जिम्मेवारी नदिएर दबाएर राख्न खोजेको भनेर पार्टी नेतृत्व तहमा आलोचना पनि सुरु भैसकेको छ । राज्यमन्त्री प्रमिलाले यसरी भूमिकाविहीन भएर बस्नुभन्दा पदबाट राजीनामा दिनु नै बेश हुने भनेर मन बनाएकी छिन् । file photo



प्रतिक्रिया दिनुहोस्