काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्चालमा सामाजिक सद्भाव भड्किने क्रियाकलाप भएको भन्दै सरकारले यस्तो निर्णय लिएको हो ।
गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै सामाजिक सद्भाव भड्किने खाल्का र अश्लिल गतिविधि टिकटकमा अपलोड भए स्वतः डिलिट हुने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा आउने सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।