Logo

टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्यः जसपा प्रमुख सचेतक यादव



काठमाडौं, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णय स्वागत योग्य रहेको बताएका हुन् ।

‘धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सो निर्णय स्वागतयोग्य छ। नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको थियो । टिकटकमार्फत सामाजिक सद्भाव भड्किने विभिन्न सामाग्रीहरु सम्प्रेशण भइरहेको अवस्थामा सरकारले नेपालमा टिकटकनै ब्याण्ड गर्ने निर्णय लिएको हो ।

सरकारको यो निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्