Logo

टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्दै प्रधानमन्त्री प्रचण्डले भने–सबै दलको सहमतिमा यो निर्णय गरिएको हो (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा नै आफूहरुले टिकटक बन्द गर्ने निर्णय गरेको स्पष्ट पारेका छन् । सरकारले हिजो टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

निर्णय सार्वजनिक भएलगत्तै सञ्जालहरुमा उक्त निर्णयको आलोचना र विरोध भएको थियो । तर, प्रधानमन्त्री दाहालले सबै दलको सहमतिमा नै आफूहरुले यो निर्णय लिएको दाबी गरे ।

नेपाल संवतको अवसरमा आज (मंगलबार) भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको सुनाए ।

उनले भने,‘समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।’



प्रतिक्रिया दिनुहोस्