Logo

बद्री केसी नेतृत्वको कमिटी अवैध भएको आरके शर्मा समूहको ठहर, विधान विपरित गतिविधि नगर्न चेतावनी



काठमाडौँ, २८ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आरके शर्मा तथा बुद्धि सागर सुवेदीले बद्री केसी नेतृत्वको समितिको अवैधता रहेको बताएका छन् ।

आज (मंगलबार) विज्ञप्ति प्रकाशित गर्दै शर्मा र सुवेदीले नवनिर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन समेत भनेका छन् ।

यसैगरी अन्तराष्ट्रिय अडिट कम्पनीलाई जिम्मा दिने निर्णय गरेको भन्ने कुरा आफैंमा हास्यास्पद रहेको विज्ञप्तिमा उल्लेख छ । अन्तरराष्ट्रिय कम्पनीलाई जिम्मा दिने भन्ने कुरा धाँधलीको ढाकछोप गर्ने र प्रमाण नष्ट गर्ने एक चालबाजी भएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तो कम्पनीलाई काममा लगाएवापत लाग्ने खर्च संघले नव्यहोर्ने र त्यसको खर्च सम्बन्धित व्यक्तिहरुले नै व्यहोर्नु पर्ने उनीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्