काठमाडौं, कार्तिक २९ । हिन्दुहरुको महानपर्व तिहारको अन्तिम दिन भाईटिका आज देश विदेशमा रहेका नेपालीहरुले मनाईरहेका छन् । हिन्दुधर्मावलम्वि हरुको चाड दशै र तिहार लाई देशभरि हर्सोउल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। दशै लगत्तै रङ्गिचङ्गि पर्वको रुपमा मनाउदै आएको तिहार पर्व दिदीबहिनीहरु र दाजुभाईहरु विचको समधुर सम्बन्ध प्रगाढ वनाउने एउटा पर्वको रुपमा हेरिन्छ।किंवदन्ती अनुसार दिदिवहिनिहरुको आशीर्वाद र आग्रहलाई यमराजले मानेर मृत्युलाई नै क्षमादिने चलन चलिआएको छ।
दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ ।
यस दिन दिदीबहिनिले दाजुभाइ र दाजुभाइले दिदि भाइलाई विधिपूर्वक पूजाआजा गर्ने,आर्शिवाद दिने लिने र दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । तिहारमा लगाइने सप्तरंगि टिका भनेको सुर्यको रंग हो । सुर्यको प्रकाश जसरी दाजुभाइको तेजस्वी जीवनको कामना गर्दै दिदिबहिनीले टीका लगाउने गर्दछन । भाइटिकाको रुपमा लगाइने सप्तरंगी टीका माला र संघारमा फोरिने ओखरको महिमाबारे आफ्नै महत्त्व छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग दिदिबहिनस बिच भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको महत्व पनि विशेष छ । कहिल्यै नओइलाउने मखमली,कहिल्यै रंग उडेर नजाने दुबोको जस्तै ऐश्वर्य प्राप्तीको कामना गर्दै दिदिबहिनीले दाजुभाइलाइ माला लगाइदिने गर्छन ।
दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । टिका मालासँगै दिदीबहिनीले दाजुभाइलाई लगाइदिने ढाकाको टोपीको महत्व पनि विशेष मानिन्छ ।