Logo

मन्त्री शर्माद्वारा डल्ले सराँय मेला अवलोकन



काठमाडौं, ३० कात्तिक । सूचना प्रविधिमन्त्री रेखा शर्माले प्युठान नगरपालिका–७ डल्लेमा परम्परादेखि लाग्ने ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराँय मेलाको अवलोकन गरेकी छन् ।

भाइटीकाको भोलिपल्ट लाग्ने उक्त मेलामा विभिन्न समूहहरु सहभागी थिए । डल्ले मेलामा युवाहरु बाजाको तालमा सराँय नाचमा तरबार लिएर नाँच्ने गर्छन् ।

यो डल्ले सरायँ नाच हेर्नको लागि आजभोली प्यूठान जिल्ला मात्र नभएर अन्य जिल्लाबाट समेत सांस्कृतिक अध्ययन र सरायँ नाच अर्थात् मेलाको रमाइलो हेर्न मानिसहरु पुग्ने गर्दछन् ।

उक्त मेलामा सहभागी भएको मन्त्री शर्मालाई प्युठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्