काठमाडौं, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुको छड्के अनुगमन गरेका छन् ।
छड्के अनुगमनपछि मन्त्री किरातीले यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिने चेतावनी दिएका छन् ।
‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिनेछ,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।