Logo

गणतन्त्र खराब व्यवस्था होईन तर नेताहरुका कारण बदनाम भयोः शेखर कोइराला



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा एमालेलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँँग कुराकानी गर्दै उनले कोशीमा आफूहरुले एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरिरहेको बताएका हुन् ।

कोशीमा सहमतिको सरकार बनाउने प्रयास भइरहेको र छिट्टैनै सरकारले पूर्णता पाउने उनले बताए । साथै, उनले संघीय सरकारले जनताको आशा अनुसार काम गर्न नसकेको बताए ।

गणतन्त्र खराब व्यवस्था नभएपनि राजनीतिक दलका नेताहरुका कारण यो व्यवस्था बदनाम भएको उनले बताए । सरकार र राजनीतिक दलका नेताहरुका कारण जनतामा निराशा छाएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्