काठमाडौं, १ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको दसैं तिहार पारिवारिक शोकका कारण भेटघाटमा मात्रै सीमित भएको बताएका छन् । उनले तिहारमा घरमा देउसी–भैलो पनि नखेलिएको उल्लेख गरेका छन् ।
तर, तिहारको एक दिन भने मानव सेवा आश्रमका बालबालिकाहरु बालकोट आएको र उनीहरुको देउसी–भैलो छुट्टै रमाइलो भएको उनले बताएका छन् । उनले ‘राधिका र मैले बालबालिकाहरुसँग खेल्दाका केही तस्बिरहरु’ भनेर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।