Logo

ओलीको चेतावनी, ‘लोकतन्त्रका विरुद्ध लड्ने त छोड्नुस्, औंला ठड्यायो भने पनि…’



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध कसैले औंला ठड्याउने काम गरे आफूहरुले तल झारिदिने बताएका छन् । आज (शनिबार) जनसम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम कतैबाट भएमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

लोकतान्त्रिक गणतन्त्र अरुले ल्याइदिएको ठाउँमा एमालेले उपभोग नगरेको उनले बताए । एमालेले अरुले बनाइदिएको मञ्चमा गएर ननाचेको बताए । लोकतान्त्रिक गणतन्त्र धेरै ठूलो बलिदान दिएर, रगत बगाएर, ज्यान दिएर, जेल, नेल खटेर, निर्वाशित भएर, भूमिगत भएर, यातना सहेर, अंगभंग भएर, बेघरबार भएर ल्याएको उनले बताए । यसका विरुद्ध औंला नठड्याउन उनले चेतावनी दिए ।

‘लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम नहोस् । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिनुस्, लोकतन्त्रका विरुद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्न पर्छ शान्तिपूर्ण ढंगले झार्छौं हामी ।’ File photo/RN



प्रतिक्रिया दिनुहोस्