काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले लोकतन्त्रमा जनताको आवाज दवाउने कुरा राम्रो नभएको बताएका छन् ।
आज (शनिबार) विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका विरोधका आवाजलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले संघीय सरकारमा पनि कोशी प्रदेश सरकारको जस्तै सहमतिको सरकार आवश्यक रहेको पनि बताए । मुलुकको अवस्था र व्यवस्था सुर्धानका लागि सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए ।
साथै, संविधानमा लेखिए बमोजिमका अधिकार प्रदेश सरकारलाई अधिकार नदिँदा संघीयताको बदनाम भएको उनको दाबी छ । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको बताए ।