काठमाडौं, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजपनि जनताको घरदैलो कार्यक्रममा व्यस्त छन् । निर्वाचन भएको एक वर्ष पूरा भएको अवसरमा रास्वपाले सांसदलाई घरदैलोमा खटाएको छ ।
सोही निर्णयानुसार सभापति लामिछाने हिजोदेखि नै घरदैलोमा व्यस्त छन् । उनी भोलि मंसिर ४ गतेसम्म घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले घरदैलो चुनावको बेला मात्र नभएर निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।
घरदैलोबारे लामिछानेले फेशबुकमार्फत लेखेका छन्-
घरदैलो चुनावका बेला मात्र होइन, निरन्तर हुनुपर्छ । गत वर्षको मंसिर ४ र मेरो र स्वर्णीम वाग्लेजीको हकमा यसै वर्षको वैशाख १० गते ’घण्टी’मा मतदान गरी रास्वपालाई चौथो शक्तिका रुपमा स्थापित गरिदिनुभएकोमा धन्यवाद। निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि तपाईंको घरदैलोमा आउँदै छ। निर्धक्कका साथ सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्नुहुन अनुरोध गर्दछौं। घरदैलो कार्यक्रम अन्तर्गत म मंसिर २, ३ र ४ गते आफूले गरेका कामको रिपोर्ट लिएर चितवन २ का जनताका घरदैलोमा जाने क्रममा फिल्डमा पुगिसकेको छु।