काठमाडौं, ३ मंसिर । विगत केही वर्षदेखि काठमाडौंमा पनि धुमधामसँग छठ पर्व मनाउन थालिएको छ । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् ।
छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् ।
यसैबीच काठमाडौं उपत्यकामा पनि भक्तिपूर्वक छठीमाईको पूजा आराधना गरिएको छ । छठीमाईको पूजामा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका छन् ।
छठ पर्व मनाउनका लागि काठमाडौंका विभिन्न १३ स्थानमा भक्तजनहरुको भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाईन्छ ।
फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल