Logo

शिक्षामन्त्री राईको कानको शल्यक्रिया



काठमाडौं,५ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको कानको शल्यक्रिया गरिएको छ । उनको सोमबार त्रिवि शिक्षण अस्पतालमा कानको शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ ।

शल्यक्रिया पछि पोस्ट अप्रेसन वार्डमा उपचाररत उनमा हालसम्म कुनै किसिमको शारीरिक जटिलता नआएको सचिवालयले जनाएको छ । उनलाई आज नैं शिक्षण अस्पतालको क्याबिन ६०१ मा सारिएको छ ।

६६ वर्षीय मन्त्री राईको बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्या थियो । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो ।



प्रतिक्रिया दिनुहोस्