Logo

भूकम्प पीडितको पीडामा मल्हम लगाउँदै खाल्सा एड



काठमाडौं, ५ मंसिर । खाल्सा एडले भूकम्प प्रभावित क्षेत्र जाजरकोटका नागरिकलाई खाना खुवाउने काम गरिरहेको छ । भूकम्प गएलगत्तै उक्त क्षेत्रका नागरिकको सेवामा खटिएको खाल्सा एडले आफ्नो सेवालाई अहिलेसम्म पनि निरन्तर जारी राखेको छ ।

जाजरकोटको दुई ठाउँमा खाना बनाएर खाल्सा एडले दैनिक एक हजारभन्दा बढिलाई खाना खुवाइरहेको छ । साथै, खाना बनाएको ठाउँमा खाना खान आउन नसक्नेलाई खाल्सा एडले दाल, चामललगायतका खाद्यन्न उपलब्ध गराउँदै आएको छ ।

खाल्सा एड अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसले विभिन्न देशहरुमा प्राकृतिक विपद्, र गृह युद्धको समयमा विभिन्न प्रकारका मानवीय सहायत उपलब्ध गराउँदै आएको छ ।

खाल्सा एडको उक्त अनुकरणीय कार्यमा समाजसेवी एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक धमला, नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहलगायतले साथ दिइरहेका छन् । उनीहरु आफैं प्रभावित क्षेत्रमा खटेर काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्