काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफू हनी ट्रयापमा परेको बताएका छन् ।
आज (मंगलबार) सामाजिक सञ्जालमा आफू हनीट्रयापमा परेको बताउँदै उनले नाम केही बेरमा सार्वजनिक गर्ने बताएका छन् ।
‘त्यो हनी ट्रपर हो, त्यसकको नाम १ घण्टामा आउँछ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।
पूर्व एआईजी चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालबीच विबाह गर्ने सहमतिको कागज सामाजिक सञ्जालमार्फत केही समय पहिला बाहिरिएको थियो ।
उक्त सहमति पत्र बाहिरिएसँगै चन्द र तारा बरालबीच सामाजिक सञ्जालमै विभिन्न आरोप प्रत्यारोप भएको थियो । पूर्व एआईजी चन्दले आफूलाई कसले हनी ट्रयापमा पारेको भन्ने खुलासा भने गरेका छैनन् ।