Logo

दुर्गा प्रसाईँविरुद्ध जाहेरी



काठमाडौं, ५ मंसिर । राष्ट्रिय युवा संघ नेपाल धनुषाले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको छ ।

प्रसाईँले जनकपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानको अपमान गरेर पुरानो राष्ट्रिय गान बजाएको भन्दै युवा संघ धनुषाले उनीविरुद्ध जाहेरी दिएको हो ।

प्रसाईँले राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालले मुलुकी अपराध संहितामा भएको व्यवस्था बमोजिम प्रसाईँलाई कारबाहीको माग गरेको छ ।

जाहेरवाला रोशन कुमार यादवले उजुरी दिएको पुष्टि गरे । उनले जाहेरी दर्ता भने केही प्रक्रिया बाँकी रहेकाले भोलिसम्म पूरा हुने बताए ।



प्रतिक्रिया दिनुहोस्