काठमाडौं, ६ मंसिर । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका एक सय ५३ जनाले ज्यान गुमाए । उक्त भूकम्पमा परी तीन सय ५० जनाभन्दा बढि घाईते भए । भूकम्पपछिको उद्दार र घाईतेहरुको उपचारमा सरकारले तदारुकता देखाएपनि अस्थायी आवास निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
भूकम्प गएको १९ दिन वितिसक्दा पनि अस्थायी आवास निर्माणको काम शून्य छ । भूकम्पका कारण ३५ हजारभन्दा धेरै घरहरुमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा बस्न लायक घर कुनै पनि छैनन् । प्रभावित क्षेत्रका मानिसहरु अहिले त्रिपालमुनि रात कटाइरहेका छन् । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विरामीहरुलाई त्रिपालको बास झनै कष्टकर बनेको छ । चिसोका कारण उनीहरुमा अनेकौं स्वास्थ्य समस्या देखिन थालेको छ । चिसोका कारण केहीले ज्यान समेत गुमाइसकेका छन् ।
जाजरकोटको भेरी नगरपालिकामा पनि भूकम्पले ठूलो क्षति गर्यो । उक्त पालिकाभित्रका भूकम्प प्रभावितहरु अहिले त्रिपालमुनि बास बसेर रात काटिरहेका छन् । जोडो मौसममा त्रिपालमुनिको बास कष्टकर छ । बालबालिका, बृद्धबुद्धा, दीर्घ रोगी र अशक्तहरुका लागि त्रिपालमुनिको बास झनै कष्टकर बनेको छ । जोडो मौसममा त्रिपालमुनिको बास कष्टकर छ । बालबालिका, बृद्धबुद्धा, दीर्घ रोगी र अशक्तहरुका लागि त्रिपालमुनिको बास झनै कष्टकर बनेको छ ।
भेरी नगरपालिका– १ की एक वृद्ध महिलाको पीडा घर भत्किएको मात्रै छैन । भूकम्पमा उनले छ जना आफन्त गुमाउन पर्यो । उनले बुहारी, नाती नातिनी गरी छ जनालाई गुमाईन् ।
घर भत्किएकोमा भन्दा पनि बुढेसकालका सहारा गुमाएकोमा उनलाई पीडा छ । भूकम्पमा आफन्त गुमाएपछि बुढेसकालमा कहाँ बस्ने, के खाने, कहाँ जाने लगायतका पीडाले पिरोलीरहेको छ ।
त्यस्तै, भेरी नगरपालिका–२ स्थायी ठेगाना भएका एक वृद्धको पनि आफ्नै कथा छ । उनी परिवारसहित बसिरहेको आश्रम भूकम्पका कारण भत्कियो । उनको साथमा जग्गा जमिन छैन ।
बस्दै आएको सार्वजनिक आश्रम पनि भूकम्पको कारण भत्एिपछि बृद्धा अवस्थामा उनी अहिले विचल्लीमा परेका छन् । उनका एक छोरी र श्रीमती छन् । श्रीमतीलाई पनि विभिन्न रोगहरु रहेको बताउने उनी अब कहाँ कस्ने भन्ने पीरमा छन् । Photo By: Amrit Paudel: Reporters Nepal