काठमाडौं, ७ मंसिर । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले आर्थिक वर्ष २०७८÷०७९ मा सबैभन्दा बढि आयकर तिरेको छ । आयकरतर्फ राज्यलाई आर्थिक वर्षमै सबै भन्दा धेरै कर तिरेको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएका छन् ।
भाटभटेनीका प्रबन्ध निर्देशक तथा सञ्चालक गुरुङलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मानसहित प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सरकारले मंसिर १ देखि आजसम्म कर सप्ताहको रुपमा कर दिवस मनाएको थियो ।
सो अवसरमा विभिन्न करदाताहरुलाई सरकारले सम्मानीत गरेको छ । कर सप्ताहको अवसरमा सरकारबाट पाएको सम्मान आफूहरुका लागि सबैभन्दा ठूलो उपलब्धी र प्रोत्साहन भएको भाटभटेनीले जनाएको छ ।