काठमाडौं, ७ मंसिर । बल्खुमा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच झडप भएको छ । झपडको वातावरण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।
व्यवस्था परिवर्तनको पक्षमा आन्दोलनमा होमिएका प्रसाईँ समर्थकहरु सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्रबाट अगाडि बढ्न खोजेपछि झडपको स्थिति बनेको थियो ।
यस अघि पनि बल्खुमा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ र प्रसाईँका समर्थकबीच सोही स्थानमा विहान झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेसँगै प्रसाईँ समर्थकहरु तितर-वितर भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र र दर्जनौं अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरीसमेत घाईते भएका छन् ।