काठमाडौं, ८ मंसिर । प्रहरीले नजरबन्दमा राखेको भन्ने समाचार आएपछि दुर्गा प्रसाईँको अवस्था बुझ्न भक्तपुरस्थित प्रसाईँ निवास पुगेको मानव अधिकार आयोगको टोली त्यसै फर्किएको छ ।
उनीहरुले प्रसाईँलाई भेट्न पाएनन् । प्रसाईँका समर्थकहरुले आयोगका टोलीलाई एक घण्टा भन्दा बढि समयसम्म गेटबाट भित्र छिर्न नदिएपछि उनीहरु त्यसै फर्किएका हुन् ।
आयोगको टोलीलाई सुरक्षा निकायले कुनै छेकबार नगरेपनि प्रसाईँका समर्थकहरुले अबरोध गरेको स्रोतले बताएको छ ।