काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्घाखाँचीमा उपनिर्वाचन हुने निश्चित रहेको बताएका छन् । उनले उपनिर्वाचन हुने भन्दै तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
आज (शुक्रबार) कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरु कसैले उन्मुक्ति नपाउने बताए ।
उनले उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित टोप बहादुर रायमाझी दोषी रहेको तर्फ लक्षित गर्दै भने, ‘निर्वाचनको तयारमा लाग्न मेरो आग्रह छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरू कसैले उन्मुक्ति पाउँदैनन् ।’
अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएउने कार्यमा संलग्न रहेको आरोपमा जेलमा छन् ।