काठमाडौं,८ मंसिर । राष्ट्र,राष्ट्रियता र नागरिक बचाउ महाअभियान नेपाल गरेको आन्दोलनमा समर्थन जनाउदै स्वतन्त्र युवा समूहले शुक्रबार गण्डकी प्रदेशको पोखरामा प्रदर्शन गरेको छ ।
काठमाडौंको तीनकुनेमा गर्न लागेको प्रदर्शनलाई प्रशासनले रोक लगाएपछि अभियानका संयोजक दुर्गा प्रसाईका समर्थकहरुले पोखरमा प्रदर्शन गरेका हुन् ।
शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित र्याली निकालेका थिए ।