काठमाडौं, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको आवस्यकता र समस्या समाधानका लागि आफूहरुको भूमिका अनिवार्य भएको खण्डमा सरकारमा सहभागी हुने बताएका छन् ।
आज (शनिबार) रौतहटको चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले आफूहरुको सरकारमा सहभागी हुने कुनै पनि सोँच नभएपनि आवस्यक परे रास्वपा भूमिका निर्वाह गर्न तयार रहेको बताएका हुन् ।
‘अहिले यही अवस्थामा सरकारमा जाने कुनै सोँच छैन । मुलुकको आवस्यकता र देशको मसस्या समाधानका लागि सरकारमा रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने होईन,’– सभापति लामिछानेले भने ।
साथै, फरक प्रसंगमा उनले अहिले रास्वपानै सरकारको प्रमुख प्रतिपक्षको रुपमा रहेको उनले बताए । उनले आफूहरुले प्रतिपक्षको रुपमा रहेर जनताको जनजीविकाका मुद्दालाई बुलन्द पारेको दाबी गरे ।