काठमाडौं, १० मंसिर । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासमा दुई अर्ब ९२ लाख ९६ हजारभन्दा बढि राजश्व संकल गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासमा महानगरले संकलन गरेको राजश्व वार्षिक लक्ष्यको २७ प्रतिशतभन्दा बढि हो । महानगरको चालु आर्थिक वर्षको राजश्व लक्ष्य १० अर्ब ८० करोड ७८ लाख २० हजार रहेको छ ।
गत आर्थिक वर्षको तुलनामा यो वर्षको राजश्व संकलन बढि हो । सोही अवधिका गत वर्ष २६ दशमलव ४९ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो । सबैभन्दा धेरै प्रशासनिक सेवा शुल्कमा राजश्व उठेको छ ।