काठमाडौं,११ मंसिर । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।
आज सोमबार साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेको सभामुखको निजी सचिवालयले जनाएको छ । सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा छलफल राखिएको छ ।
संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोमा त्यसबारे समेत छलफल गरिने बुझिएको छ ।