काठमाडौं । ११ मंसिर । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच शर्माले उनलाई बढुवाको फुली लगाइदिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द,अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।